काठमाडौं, ६ माघ । संविधान तथा कानुन अनुसार आगामी जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नु पर्छ । तर सत्ता साँझेदार दलहरुबीच कुरा नमिल्दा समयमै चुनाव हुनेमा संशय उत्पनन भएको छ।
स्थानीय तहको चुनाव थातिराखेर संसदको चुनाव पहिला गराउनु पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो प्रस्ताव प्रति विभिन्न कोणबाट व्याख्या विश्लेषण भैरहेका छन्। स्थानीयतहको चुनावकै सन्दर्भमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस चुनाव घोषणा गर्न ढिला गर्नु नहुने पक्षमा छ। उता माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा भने तत्काल स्थानीय तहको निर्वाचन गराउँदा आफ्नो साख गिर्ने कुरामा सशंकित छन ।
प्रचण्डको चुनाव केन्द्रित पछिल्लो अभिव्यक्ति लगत्तै संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नगरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ट्वीटमार्फत जनाएका छन्। निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त हुन्छ भने त्यो असंवैधानीक हुने थापाले बताएका छन्। महामनत्री थापाले स्थनाीय तहको चुनावको सन्दर्भमा प्रचण्ड लक्षित गरेको ट्वीटका विषयमा चार्चा चल्दैगर्दा पूनः कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको ट्वीट सर्वजनिक भएको छ। उनले पनि प्रचण्डप्रति लक्षित अर्को ट्वीट गरेका हुन्। उनी लेख्छ, ‘केही समय पहिला एक पुर्वप्रधानमन्त्रीले भनेका थिए ‘प्रचण्ड भनेको राष्ट्रिय समस्या हो’ यो कुरा सहि सावित हुँदै गयो वास्तवमा प्रचण्ड राष्ट्रिय समस्या नै रहेछन ! उनको यो ट्वीट पछि वर्तमान सत्ता साँझेदार दलहरुबीचको खटपट लाई आँकलन गर्न सकिन्छ।
त्यस्तै, राजनीतिक विश्लेषक मुमाराम खनालले संविधानले स्थानीय निकय रिक्तताको कल्पना नगरेको बताए। उनी लेख्छन,संघीय गठबन्धनको प्रचण्ड घटकले सबै निकायको अधिकार कुल्चिदै स्थानीय निर्वाचन सार्ने प्रस्ताव ‘विनासकाले’ प्रतिगमन होइन ? नेकपा एमालेका नेता राजन भट्टराइले आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्। उनले संविधानमा स्पष्ट लेखिएको आधारभूत र गम्भीर विषयमा समेत समयमा निर्णय नगरी आलटाल गर्ने कोसिस हुनु २०५९ साल दोहोर्याउने षड्यान्त्र भएकाले भण्डाफोर गर्न अपिल गरेका छन् ।
विशेषगरी कांग्रेस समयमै स्थानीय तहको निर्वाचन गरेर संघीय निर्वाचनको तयारीमा लाग्न चाहान्छ भने नेकपा माओवादी स्थानीय तहलाई पछि सारेर संघीय संसदको निर्वाचन पहिला गर्नुपर्ने बताउन थालेको छ । चुनावको मिति घोषणको विषयमा पाँच दलको मतएकता नभएपछि राजनीतिक समन्वय समितिको आज बस्ने भनीएको बैठक समेत स्थागित भएको छ। स्थानीय तह भन्दा संघीय संसदको चुनाव अघि गर्नुपर्ने प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएपछि उनिमाथि ट्वीटको वर्षा हुन थालेको छ ।
