• ट्रेण्डिङ्ग :
बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए

बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए


  • 2.9K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए

    काठमाण्डौ । बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र खारेज गरेसँगै एसियाली युवा हात्तीहरूलाई अब कब्जामा लिन र बन्दी बनाउन नपाइने भएको बीबीसीले जनाएको छ ।

    images

    यसअघि हात्तीहरुलाई घरमा पालेर सामान ओसारपसारमा प्रयोग गर्न सकिने इजाजतपत्र जारी भएकामा हात्तीहरुको शोषण बढ्न थालेपछि अदालतले इजाजतपत्र खारेज गरेको हो । पशु अधिकारवादी समूहले अदालतको निर्णयलाई स्वागत गरेका खबरमा उल्लेख छ । बंगलादेशमा मानिसहरुले हात्तीलाई पैसा माग्न र सर्कस वा सडक प्रदर्शनका लागि प्रयोग गर्दै आएका थिए ।

    बंगलादेशमा अहिले झण्डै दुई सय वटा हात्तीहरू छन् जसमध्ये आधाजति कैदमा रहेका छन् । बंगलादेश एसियाली हात्तीहरूको लागि प्रमुख बासस्थान भए पनि चोरी शिकारी र बासस्थानको क्षतिले तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ ।


    तेस्रो आँखा