• ट्रेण्डिङ्ग :
‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा


  • 2.9K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

    काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ।

    images

    एक महिलाले जिल्ला अदालत काठमाडौँमा कँडेलविरुद्ध मुद्दा हालेकी हुन्। कँडेलबाट आफूमाथि पटक पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएकी हुन्।

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको थाहाखबरलाई जानकारी दिए। 

    सो दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ। यस मुद्दामा कँडेल दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने कानूनी व्यवस्था छ। 

    महिलाकै कोठामा समेत पुगेर कँडेलले करणीको प्रयास गरेको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी छन्।


    तेस्रो आँखा