लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दल खारेज 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दल खारेज 


  • 6.0K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दल खारेज 

    काठमाडाैं,७ माघ ।  निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन राजनीतिक दल खारेज हो ।

    images

    नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ। यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

    गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३ ०७४ मा यी दल आयोगमा दर्ता भएका थिए। 

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा
    लेखकबाट थप