• ट्रेण्डिङ्ग :
पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु


  • 2.8K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

    बुजुम्बुरा । पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा नजिक रहेको बुबान्जा प्रान्तको बुरिङ्गा गाउँमा आइतबार राति ६ जना महिला, १ जना सैनिक सहित कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

    images

    सो आक्रमण रेड–तबारा विद्रोहीहरूले आक्रमण गरेको बुझिएको छ । घटनामा पाँच जना घाइते भएको बुरुन्डिया सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले बताएका छन् ।

    विद्रोहीहरूले यस क्षेत्रमा सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। सो विद्रोही समूह सन् २०१५ देखि बुरुन्डीको सरकारसँग लडिरहेको छ।


    तेस्रो आँखा