• ट्रेण्डिङ्ग :
गाजामा सहायता पर्खिरहेका प्यालेस्टाइनीको हत्याको चीनद्वारा निन्दा

गाजामा सहायता पर्खिरहेका प्यालेस्टाइनीको हत्याको चीनद्वारा निन्दा


  • 3.8K
    SHARES
    • फाल्गुण १८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    गाजामा सहायता पर्खिरहेका प्यालेस्टाइनीको हत्याको चीनद्वारा निन्दा

    गाजा । गाजामा सहायताको पर्खाइमा रहेका बेला इजरायली आक्रमणमा परी १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएकोमा चीनले गहिरो दुःख व्यक्त गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार वक्तव्य जारी गर्दै घटनाबाट चीन स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नु भएको छ । प्रवक्ता माओ निङले बिहीबार गाजा शहरमा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीहरूको भीडमा इजरायली  गोली हानेको घटना बारे सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । उक्त घटनामा कम्तिमा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना भन्दा बढी घाइते भएका थिए।

    images

    प्रवक्ता माओले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो-, "हामी पीडितहरूप्रति शोक व्यक्त गर्दछौं र घाइतेहरूप्रति सहानुभूति प्रकट गर्दछौं।"

    उहाँले सम्बन्धित सबै पक्षहरू, विशेष गरी इजरायललाई तुरुन्तै आक्रमण बन्द गर्न र नागरिकहरूको सुरक्षालाई गम्भीरतापूर्वक लिन र मानवीय पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ ।


    तेस्रो आँखा