• ट्रेण्डिङ्ग :
विश्व बैङ्कले दुई परियोजनाका लागि २६ अर्ब ५१ करोड ऋण सहयोग गर्ने

विश्व बैङ्कले दुई परियोजनाका लागि २६ अर्ब ५१ करोड ऋण सहयोग गर्ने


  • 4.6K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.0K Views

    विश्व बैङ्कले दुई परियोजनाका लागि २६ अर्ब ५१ करोड ऋण सहयोग गर्ने

    काठमाडौँ । विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (२६ अर्ब ५१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ ।

    images

    “विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैङ्कको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैङ्कका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने ।

    वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड रुपैयाँ ) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।

    प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ । यस्तै, एक सय मिलियन (करिब १३ अर्ब २५ रुपैयाँ) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ ।


    तेस्रो आँखा