काठमाडौं, ८ माघ । सर्वदलीय बैठक स्थगित भएको छ। चुनावलगायत विभिन्न विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको बैठक स्थगित भएको हो ।
बालुवाटारमा शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र संसद सञ्चालनलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए।
सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिले स्थानीय तहको चुनाव हुनुपर्ने बताइरहेको छ।
