जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई


  • 5.3K
    SHARES
    • माघ ८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

    काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) को निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

    images

    बैठकले कोरोनाको संक्रमण कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको हाे । 

    बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो । महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।


    त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ । यी विषयमा पनि छलफल भएको छ । माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल
  • # नेकपा (माओवादी केन्द्र)

  • तेस्रो आँखा