• ट्रेण्डिङ्ग :
गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ

गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ


  • 3.8K
    SHARES
    • फाल्गुण २५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ
    पर्सा, २५ फागुन/छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।
     
    गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएले र घटनाको अनुसन्धानका लागि उनलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
      
    बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 


    तेस्रो आँखा