• ट्रेण्डिङ्ग :
पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित


  • 3.7K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित

    काठमाडौं २७ फागुन/पाकिस्तानको राष्ट्रपतिमा दोस्रो पटक आसिफ अली जरदारी निर्वाचित भएका छन् । उनले आज अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।

    images

    ६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।


    तेस्रो आँखा