• ट्रेण्डिङ्ग :
पुरानो गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल

पुरानो गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल


  • 4.4K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    पुरानो गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल
     
    कैलाली, २७ फागुन/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभएको छ । 
     
    प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गर्नुभयो । उहाँले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभयो । 
     
    उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी पनि गर्नुभयो । संरचनागत ढङ्गले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने र नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उहाँले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
     
    उहाँले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट गर्नुभयो । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उहाँले जानकारी दिनुभयो । 


    तेस्रो आँखा