• ट्रेण्डिङ्ग :
पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण


  • 5.7K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.8K Views

    पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

    इस्लामावाद । पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ ।

    images

    राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।     

    पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित हुनुहुन्थ्यो । 

    पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह-अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी हुनु भएको थियो । 


    तेस्रो आँखा