• ट्रेण्डिङ्ग :
जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : मन्त्री भण्डारी

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : मन्त्री भण्डारी


  • 3.2K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : मन्त्री भण्डारी
    बैतडी, २८ फागुन/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”
     
    देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै  मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”
     
    राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन  आएको भन्दै मन्त्री भण्डारीले  पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 


    तेस्रो आँखा