• ट्रेण्डिङ्ग :
ट्रकमा लागेको आगोबाट कर्णाली पुलको तारमा आगो सल्कियो

ट्रकमा लागेको आगोबाट कर्णाली पुलको तारमा आगो सल्कियो


  • 4.2K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    ट्रकमा लागेको आगोबाट कर्णाली पुलको तारमा आगो सल्कियो

    कैलाली २८ फागुन/सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासी आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ । 

    images

    साँझ करिब ५ बजे लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएपछि चालकले पुलको मुखमा ट्रक रोकेका थिए । ईलाका प्रहरी कार्यालय चिसापानीका अनुसार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो पुलको तारमा सल्केपछि आगो नियन्त्रणमा समस्या भएको छ । 

    लम्कीचुहा नगरपालिकाको दमकलले आगो निभाउन सम्भव नभएपछि अहिले बर्दिया र घोडाघोडीबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुसिला शाहीले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । 

    ट्रकका चालक र सवार व्यक्ति इलाका प्रहरी कार्यालय चिसापानीमा राखिएको त्यहाँका ड्यूटी अफिसरले जानकारी दिनुभयो । आगो लागेको आधा घण्टासम्म पनि ट्रक जलिरहेको छ । नेपाली सेना, नेपाल प्रहरीले आगो निभाउने कोशिस गरिरहेका छन् । पुलमा ट्रक जलिरहेकाले पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध भएको छ । गोरखापत्र


    तेस्रो आँखा