• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा, कही हिमपात कही मौसम सफा

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा, कही हिमपात कही मौसम सफा


  • 2.8K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा,  कही हिमपात कही मौसम सफा

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    images

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार देशभरको मौसम सामान्य रहे पनि बिहीबार भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको  पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ ।


    तेस्रो आँखा