• ट्रेण्डिङ्ग :
तुलसीपुरमा मर्निङ वाकमा निस्किएका युवा लुटिए 

तुलसीपुरमा मर्निङ वाकमा निस्किएका युवा लुटिए 


  • 3.1K
    SHARES
    • चैत्र १, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    तुलसीपुरमा मर्निङ वाकमा निस्किएका युवा लुटिए 

    तुलसीपुर, १ चैत/ तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् । तुलसीपुर उप-महानगरपालिका १४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा बस्दै आएका निसान्त वस्नेत आज बिहान पौने ५ बजेको समयमा लुटिएका हुन् ।

    images

    बस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला बिहानमा तुलसीपुरको व्यस्त र चहलपहल हुने बाहिनी चोकमा लुगिएको निश्चलकी आमा अमृता बस्नेतले जानकारी दिनुभयो । आफुहरु हिडिरहेको बेला एक्कासी हतारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भनेपछि आफुले मोवाइल दिएको तर मोवाइल दिएपछी चक्कु देखाएर भागेको पीडित निश्चल बस्नेतले बताउनुभयो ।

    यसरी लुटिए पछि नजिकै रहेका महिललाई गुहार मागेको तर उनिहरु सहयोग नगरेको पीडित बस्नेतले बताउनुभयो । चोरीका बारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० बजे पछि मात्रै आउनु भनेको बस्नेतले जानकारी दिनुभयो । यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षमा थप चुनौती थपिएको छ ।


    तेस्रो आँखा