लागुऔषध सहित एक पक्राउ 

लागुऔषध सहित एक पक्राउ 


  • 6.4K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    लागुऔषध सहित एक पक्राउ 

    काठमाडौं,१० माघ । मोरङ प्रहरी कार्यालयले एक जना लागुऔषध कारोवारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङरतुवामाई नगरपालिका–८ डाँडागाउका ४५ वर्षीय कृष्ण राइलाई  आइतबार दिउसो मोरङ प्रहरीले पक्राउ गरेको हो ।

    images

    निजलाई आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विजुवाबाट खटीएको गस्ती टोलीले राइको घरमा खानतलास गर्दा लुकाई छिपाई राखेको ५ किलो ३९० ग्रम लागुऔषध (गाँजा) सहित वरामद गरेको इलाका प्रहरी कार्यालय विजुवाले जनाएको छ ।  बरामद गरिएको गाँजा र राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।