काठमाडौं, १० माघ । प्रहरीको मोटरसाइकल लिएर भागेका दाङ कारागारका कैदी पक्राउ परेका छन्। गत पुस ८ गते भागेका उनलाई प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरिएको र आजै दिउसो ४ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए। तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेको प्रहरीको भनाइ छ।
