प्रहरीले ‘डाका’ पक्रन गोली चलायो

प्रहरीले ‘डाका’ पक्रन गोली चलायो


  • 3.4K
    SHARES
    • चैत्र ६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    प्रहरीले ‘डाका’ पक्रन गोली चलायो

    काठमाडौं । सर्लाहीमा प्रहरीले डाका पक्रिन गोली चलाएको छ । गएराति साढे ९ बजे बरहथवामा गोली चलाएर दुईजना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

    images

    भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

    राउतसँगै मोटरसाइकलमा सवार अर्का एकजना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा