कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन

कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन


  • 6.0K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन

    काठमाडौं, १० माघ । मध्यपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिइ आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै स्वीकृती लिएरमात्र बस्न निर्देशन जारी गरेको छ । 

    images

    विश्विद्यालयका रजिष्ट्रार प्रा।डा। नारायण प्रसाद पौडेलले एक सूचना जारी गर्दै कोरोनाको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिई आफूखसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् । 

    त्यस्तो प्रवृत्ति छाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आफू कार्यरत सम्बन्धित निकायको जिम्मेवारी एवं उत्तरदायित्व उच्च मनोबलका साथ सम्पादन गर्न गराउन सम्बन्धित सवैमा जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।

    कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था परेमा पूर्व जानकारी सहित प्रमाण राखेर लिखित निवेदन स्वीकृत गराई मात्र विदामा बस्न र अत्यावश्यक परेका बेलामा आफ्नो निवासरआवास बाट समेत प्रशासनको नियमित सम्पर्कमा रही कार्य सम्पादन गर्न सूचनामा भनिएको छ ।

    271906775_926582204913009_5184019124084507413_n.jpg

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा