• ट्रेण्डिङ्ग :
फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिम समापन

फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिम समापन


  • 5.0K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिम समापन

    तुलसीपुर ८ चैत/ तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिमको समापन गरिएको छ । मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीकालागि आयोजना गरिएको तालिम विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको थियो ।

    images

    तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई टिक्ने र बिक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताए । किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुमा सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरिएको पनि उनको भनाई थियो । “विद्यार्थीहरुले ज्ञान आर्जनसँगै सीप र सीपसँगै आम्दानी पनि गर्न सकुन् भनेर नै तालिमको व्यवस्था गरिएको हो ” शिक्षालय प्रमुख आचार्यले भने ।

    शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको पनि आचार्यले जानकारी दिए । शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षकमा बासुदेव न्यौपाने रहेका थिए । शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरीराज थापाले अनुभव बाँडेका थिए भने कार्यक्रमको सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गरेकी थिइन् । 


    तेस्रो आँखा