• ट्रेण्डिङ्ग :
बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो

बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो


  • 3.1K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    बोटानिकल गार्डेन निर्माणप्रति उपकुलपतिको चासो

    दाङ, ८ चैत/ नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले निर्माणाधीन बोटानिकल गार्डेनको अनुगमन गर्नुभएको छ । विश्वविद्यालयले १८ विगाहा क्षेत्रफलमा निर्माण गर्न थालेको बोटानिकल गार्डेनको निर्माणप्रति चासो व्यक्त गर्दै उपकुलपति लामिछानेले बिहीबार अनुगमन गर्नुभएको हो ।

    images

    बोटानिकल गार्डेनको निर्माणको जिम्मा प्रेमधन जेभीले पाएको छ । ७ करोड ४१ लाख १२ हजार ७१ रुपैँयामा निर्माण ठेक्का लिएको जेभीले २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । निर्माणको अवस्था बुझ्न पुग्नुभएका उपकुलपति प्रा.डा. लामिछानेले निर्माण कार्य रोकिएकोप्रति चासो व्यक्त गर्नुभएको छ ।

    विश्वविद्यालयका सहप्रशासक सुरजकुमार लामा, उपप्रशासकद्वय विनयकुमार पोखरेल, प्रदिप गौतम, उपलेखा नियन्त्रक रमेश भण्डारीसहित निर्माण स्थल पुग्नुभएका  उपकुलपति प्रा.डा. लामिछानेले समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।  यसैबीच अनुगमन टोलीले रत्न उद्यानको पनि अनुगमन गरेको छ । रत्न उद्यानमा निर्माण भइरहेको डीप बोरिङलगायतका संरचनाको बारेमा उपकुलपति प्रा.डा. लामिछानेले चासो व्यक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा