सामाजिक विकास एकाइका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक विकास एकाइका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


  • 3.0K
    SHARES
    • चैत्र ९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    सामाजिक विकास एकाइका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, ९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित सामाजिक विकास एकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजयकुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो । 

    उहाँका अनुसार सबइन्जिनियर रजकले नगद १५ हजार र ५५ हजारको चेक दिइसकेको अवस्थामा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो । रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (घ) अन्तर्गतको कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

    प्रवक्ता घिमिरेका अनुसार रजकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० हजार  रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको छ ।


    तेस्रो आँखा