• ट्रेण्डिङ्ग :
उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जानुहँदै

उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जानुहँदै


  • 3.2K
    SHARES
    • चैत्र ९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जानुहँदै

    काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्नुहुने मन्त्रालयले जनाएको छ ।

    images

     भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

     उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कनुहुने छ ।


    तेस्रो आँखा