राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने राप्रपाकाे निर्णय

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने राप्रपाकाे निर्णय


  • 7.8K
    SHARES
    • माघ ११, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने  राप्रपाकाे निर्णय

    काठमाडाैं,११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । पार्टीकाे पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने निर्णय गरेकाे हाे । 

    images

    माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा  आफ्ना जनप्रतिनिधिलाई  प्रदेश १ बाहेक अरूप्रदेशमा मतदान नगर्न निर्देशन दिएको राप्पाका केन्द्रीय सदस्य राजेन्द्र गुरूङले जानकारी दिए । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।

    अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएकाे महामन्त्री भुवन पाठकले विज्ञप्तिमा मार्फत जानकारी दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप