अमेरिका, टेक्ससको राजधानी अस्टिनमा (KTM - काठमाण्डौ) दोहरी साँझ सन्चालन हुने भएको छ । सम्भवतया टेस्कासको यो नै पहिलो दोहरी साँझ हो । अब अस्टिन र अस्टिन वरपरका सिटीहरुका नेपालीहरुले नेपालमा जस्तै लोक दोहोरीको आनन्द लिन सक्नेछन । यस क्षेत्रका नेपालीहरु लामो समयदेखि एउटा राम्रो नेपाली रेस्टुरेन्ट र दोहरी साँझको पर्खइमा छन । अबभने लोक दोहरी पारखीहरुको प्रतिक्षाको समय अन्त हुने भएको छ । केटिएम दोहरी साँझलाई बिगत लामो समयदेखि अस्टिनमा बस्दै आउनुभएका फिल्म निर्देशक एवम पत्रकार डि बि रावतले सन्चालन गर्दैहुनुहुन्छ । संचालक रावत अमेरिका आउनु भन्दा पहिले मनोरन्जन क्षेत्रमा संलग्न हुनुहुन्थ्यो । उहाँ मुम्बई बाट फिल्म निर्देशन्मा ग्र्याजुएट सके पछी बलिवूडमा निर्देशन् क्षेत्रमा कार्यरत हुनुन्थ्यो । लामो समयको बजार अध्ययन पछि मात्र आँफु दोहरी साँझ रेष्टुरेन्ट खोल्ने निष्कर्समा पुगेको बताउनु भयो । अस्टिनमा नेपाली समाजको आवश्यकता अनुसारको नेपाली रेस्टुरेन्ट छैन ।
नेपालीहरुको जमघट, बिहे, ब्रतबन्ध र बर्थडे लगायतका कार्यक्रमहरु गर्नकोलागि अहिलेसम्म पनि उपयुक्त ठाउँ अभाव महशुस भईरहेको थियो । तर अव काठमाण्डौं दोहरी साँझले घरकै खर्चमा बिहे, बर्तवन्ध र बर्थडे जस्ता कार्यक्रममा पार्टी प्यालेसको सेवा दिने लक्ष राखेको संचालक डि बि रावतले बताउनुभयो ।
अहिले लोक दोहोरीका लागि आवश्यक टिमको तयारी भईरहेको बताउँदै संचालक रावतले दोहरी गीत गाउन जान्ने इच्छुक केही कलाकारहरुले संपर्क गर्न सकिने जानकारी दिनुभयो । साथै मादल, बाँसुरी, हार्मोनियम र अक्टोप्याड जस्ता वाध्यवादनका साधनहरु बनाउन सिपालु कलाकारहरुले पनि संपर्क गर्न सक्ने संचालक रावतको भनाई छ ।
अस्टिनमा लोक दोहरी रेष्टुरेन्ट सञ्चालनमा आएपछि भने यहाँका नेपालीहरुको बिहे, ब्रतवन्ध र बर्थडे जस्ता पार्टीहरुमा नेपाली लोक दोहरी कलाकारका साथमा मनाउन सकिने भएको छ ।
'म नेपाली दोहोरीको प्यास मेटाउन बेला-बेलामा न्युयोर्क जान्थेँ, र अब अस्टिनमै दोहरी खुल्ने भए पछि मज्ज आउने भयो', लामो समयदेखि टेक्सासमा बस्दै आउनुभएका नेपालीमुलका बिजनेसमेन लीला दाङइले बताउनुभयो ।
त्यस्तै, बिगत कारीब १५ बर्षदेखि अस्टिनमा बस्दै आउनु भएका अर्का एकजना अभिभावक होताराम अधिकारी भन्नुहुन्न्छ, 'गतवर्ष मैले अस्टिनमा छोराको बिहे गरे, तर नेपाली समुदायको लागि उपयुक्त होटेल, पार्टी प्यालेस नभएर भनेजस्तो सजिलो र नेपालको जस्तो रमाइलो बिहे गर्न पाईएन, तर अस्तिनमै दोहरी साँझ खुलेपछि भने नेपाली कलाकारसँगै रमाइलो गर्दै पार्टी गर्न पाईने भयो ।'
नेपाली लोक दोहरी खुलेपछि रमाइलोको साथसाथै अमेरिकामा जन्मेका र सानोमै नेपालबाट आएका नेपाली बच्चाबच्चीहरूलाई पनि हाम्रो नेपाली गीत संगीत र हाम्रो सस्कृतिसँग परिचय गराउन पाइने भयो', होताराम अधिकारी थप्नुहुन्छ ।
