• ट्रेण्डिङ्ग :
एसइई आजदेखि सुरु, देशभरबाट पाँच लाख परीक्षार्थी सहभागी हुँदै 

एसइई आजदेखि सुरु, देशभरबाट पाँच लाख परीक्षार्थी सहभागी हुँदै 


  • 6.0K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.2K Views

    एसइई आजदेखि सुरु, देशभरबाट पाँच लाख परीक्षार्थी सहभागी हुँदै 

    काठमाडौँ, १५ चैत/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

    images

    एसइईको आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । यसवर्षको एसइई परीक्षामा मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।

    सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेका छन् । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।

     


    तेस्रो आँखा