• ट्रेण्डिङ्ग :
चिसापानी घटना  : पुलबाट हाम फाल्ने युवकको शव भेटियो

चिसापानी घटना  : पुलबाट हाम फाल्ने युवकको शव भेटियो


  • 4.1K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    चिसापानी घटना  : पुलबाट हाम फाल्ने युवकको शव भेटियो
    कैलाली १५ चैत/ चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ । 
     
    कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उहाँको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो । 
     
    उहाँको शव आज करिब ४ बजे टिकापुर नगरपालिका–२ सनकट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिनुभयो । होली खेलिरहेका युवाहरु फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट अकस्मात हाम फालेका थिए । सो पुलबाट हामफालेका अरु युवाहरु भने पौडी खेलेर पार लागेका थिए ।


    तेस्रो आँखा