• ट्रेण्डिङ्ग :
महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री


  • 3.3K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.1K Views

    महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

    काठमाडौँ, १७ चैत/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ । 

    images

    महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई केन्द्रमा राखेर देशको विकासमा निरन्तर लागिपरेको स्पष्ट पार्नुभएको थियो ।


    तेस्रो आँखा