• ट्रेण्डिङ्ग :
सोमबारदेखि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि

सोमबारदेखि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि


  • 4.7K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.2K Views

    सोमबारदेखि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि

    काठमाडौँ, १८ चैत । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । 

    images

     निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । 

     पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ । 


    तेस्रो आँखा