बाँके १९ चैत/ बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान् श्रीमती फेला परेका छन । बाँकेको खजुरा गाँउपालिका वडा नं। ३ बी गाँउका महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेको प्रहरीले जनाएको हो ।
गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाएको थियो । जस पश्चात भेरीले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको छ । आइतबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २१ मा २२ वर्षिय युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
