सोलुखुम्बुमा यौनजन्य घटनामा  वृद्धि हुँदै

सोलुखुम्बुमा यौनजन्य घटनामा  वृद्धि हुँदै


  • 11.3K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    सोलुखुम्बुमा यौनजन्य घटनामा  वृद्धि हुँदै

    साेलुखुम्बु, १३ माघ । हिमाली जिल्ला सोलुखुम्बुमा यौनजन्य घटना वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार जिल्लामा यौनजन्य घटनाको संख्या वार्षिक ३२ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

    images

    आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा जबरजस्ती करणीको घटना दर्ता भएका थिए। त्यस्तै ०७७/०७८ मा बढेर २५ पुगेको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। जुन प्रतिशतको हिसाबले ३२ प्रतिशत हो।

    प्रहरी निरीक्षक ढकालका अनुसार चालु आर्थिक वर्षको ६ महिनामै १५ वटा जबरजस्ती करणीका मुद्धा प्रहरीमा दर्ता भएको छ। यस्तै जबरजस्ती करणी उद्योगको आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा, ०७७/७८ मा ९ वटा र चालु आर्थिक वर्षको हालसम्म ३ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांक छ।

    त्यसैगरी गत आर्थिक वर्षमा यौन दुर्व्यवहारको घटना ३ वटा र चालु आर्थिक वर्षको हालसम्म एउटा मुद्धा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

  • सम्बन्धित विषय:

  • # अन्य

  • तेस्रो आँखा
    लेखकबाट थप