• ट्रेण्डिङ्ग :
टर्कीमा नाइट क्लबमा आगलागी हुादा २९ जनाको मृत्यु

टर्कीमा नाइट क्लबमा आगलागी हुादा २९ जनाको मृत्यु


  • 2.6K
    SHARES
    • चैत्र २१, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    टर्कीमा नाइट क्लबमा आगलागी हुादा २९ जनाको मृत्यु

    एजेनसी २१ चैत/टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो ।

    images

    टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिस गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइट क्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुर रहेको आशंका गरिएको छ ।   

    आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसको पनि मृत्यु भएको बताइएको छ । त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षडयन्त्रको रूपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन् ।


    तेस्रो आँखा