• ट्रेण्डिङ्ग :
भेनेजुएला : विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन 

भेनेजुएला : विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन 


  • 5.0K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.7K Views

    भेनेजुएला : विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन 

    सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

    images

    भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गर्नुभएको छ । 

    राष्ट्रपति निकोलस मदुरोले भन्नुभयो, “जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । उहाँ अमर रहनुहुनेछ । शोक सन्तप्त मृतकका परिवारजनमा गहिरो समवेदना ।”  

    पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उहाँको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो । 

    एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए ।

    टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उहाँ१० सन्तानमध्ये नवौं सन्तान हुनुहुन्थ्यो । 

    सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उहाँले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेशामा संलग्न हुन थाल्नुभएको थियो । उहाँको परिवार उखु र कफी उत्पादनका लागि काम गथ्र्यो । 

    शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गर्नुभएको थियो । 


    तेस्रो आँखा