अस्टिन । नेपाली नयाँ वर्ष २०८१ सालका अवसरमा अमेरिकाको अस्टिनमा भव्य नेपाली सांगीतिक कन्सर्ट हुने भएको छ । आगामी १३ अप्रिलका दिन हुन राईरहेको सो सांगीतिक कार्यक्रमको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमकाे विशेष आकर्षणमा स्वप्न सुमन र उनकाे व्यान्ड रहेकाे छ । स्वप्न सुमन आजका नेपाली स्रोता एवं दर्शकहरुको जमातले निकै नै रुचाएको सुरीला गायक हुन् । विश्वकै प्रत्यक्ष संगीतको राजधानी (Live Music Capital) मनिने अस्टिनको 6th Street को The Venue ATX मा आगामी १३ अप्रिलका दिन स्वप्नका लोकप्रीय गीतहरु गुन्जिने छन ।
यो उत्सवलाई अझै रोमन्चक र भव्य बनाउन स्थानीय ब्यन्डहरुको पनि जोडदार सहभागीता रहने आयोजकले जनाएको छ। अस्टिनको DEV-TUNES र REVITALIZERS, ड्यालसको आगन्तुक ब्यान्ड Abstract Nepal र नेपाली जमातमाझ उदाउदै गरेका ऱ्यापर लुशाङले पनि यो भव्य कन्सर्टमा उर्जा थप्नेछन्। नेपाली नयाँवर्ष २०८१ लाई नाचगान गरी स्वागत गर्न कन्सर्ट सकिएपछि ड्यल्लसका चार्चित DJ Samir का साथ After party (डान्स पार्टी) कार्यक्रमको पनि आयोजना गरिएको आयोजकको भनाई छ ।
हाल अस्टिनमा नेपालीहरुको जमात बढ्दै गएकोले यस प्रकारको कार्यक्रमहरु यहाँको सामाजिक र सांस्कृतिक माहोलको निम्ति अवस्यकता महशुस भएको अनुभव गरिएको छ । यस्ता कार्यक्रमहरुले यहाँको नेपाली समाजलाई एक जुट बनाउने र ब्यस्त जीवनबाट एक छिन भएपनि बिश्रामको अवसर प्राप्त हुने विश्वास लिइएको छ । यो कार्यक्रमलाई नमो नमस्ते इन्टरटेन्मेन्ट र केटिएम म्यूजिक ल्यावले संयुक्त रूपमा आयोजना गरेको हो । विगतमा यि समुहले विपुल क्षेत्रीको मनमोहक धुनदेखि VTEN को उत्साहजनक प्रस्तुतिसम्म अस्टिनका नेपालीहरु माझ ल्याइसकेका छन ।
यसरी कार्यक्रमलाई बिभिन्न स्थानीय ब्यापारिक साझेदारहरुले प्रायोजन गर्नुभएको छ । जसमा Nimto Kitchen, Clint Liquor, Man Pasand Super Market, Ktm Smoke Shop, Weird O, Pollo Caliente, Garage Oil, Fusion Everest Kitchen, Legal Skills Game, Everest Food Truck, Sagar Thapa (mortgage officer), Subash Thapa (realtor), Don Rico Tequila, Austin Wholesale Supply (AWS), Pioneer Insurance and Travel, Aditi Travels, Siddhi Vinayak Ganesh LLC, C-Store Supply, Curry Kitchen, 8848 Media House LLC र ABG News रहेका छन । आयोजकहरुले अस्टिन र अस्टिन वरिपरीको शहरमा रहेका सम्पूर्ण संगीतप्रेमी नेपालीहरुलाई उक्त सांगीतिक कन्सर्टमा ठूलो संख्याका साथ उपस्थित भएर कार्यक्रमलाई भब्य रूपमा सफल पार्न आग्रह गरेका छन ।
