• ट्रेण्डिङ्ग :
कांग्रेस नेता कर्णले  कारबाहीकाे माग गर्दै भाैतिकमन्त्री यादवविरुद्ध दिए उजुरी

कांग्रेस नेता कर्णले  कारबाहीकाे माग गर्दै भाैतिकमन्त्री यादवविरुद्ध दिए उजुरी


  • 5.0K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    कांग्रेस नेता कर्णले  कारबाहीकाे माग गर्दै भाैतिकमन्त्री यादवविरुद्ध दिए उजुरी

    रौतहट, १३ माघ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले कारबाहीकाे माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध उजुरी दिएका छन् । नेता कर्णले बिहिबार हिंसा भडकाउने अभिव्यक्ति दिएको भन्दै यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी दिएका हुन् । 

    images

    यादवले माघ ५ मा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन्।

    यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन्। आफ्नो अभिव्यक्तिलाई बंग्याइएको उनकाे दाबी छ ।  

    तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिएका हुन् । 

    यसअघि बिहीबार कांग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

    271849072_5039630719390788_6433533075436242070_n.jpg

  • सम्बन्धित विषय:

  • # रेणु यादव
  • # रन्जित कर्ण

  • तेस्रो आँखा