काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज भर्चुअल माध्यमबाट बस्ने जनाएको हो ।
बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यसैबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
