अन्तरवार्ता
पुर्वाधारलाई मात्रै होइन हामीले मानविय विकासलाई पनि जोड दिएर काम गरिरहेका छौ : अध्यक्ष गिरी

पुर्वाधारलाई मात्रै होइन हामीले मानविय विकासलाई पनि जोड दिएर काम गरिरहेका छौ : अध्यक्ष गिरी


  • 9.0K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 13.9K Views

    पुर्वाधारलाई मात्रै होइन हामीले मानविय विकासलाई पनि जोड दिएर काम गरिरहेका छौ : अध्यक्ष गिरी

    दंगीशरण गाउँ पालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आईसकेपछि के कस्ता परिवर्तनहरु भए ? जनताहरुले सिंहदरबारको अधिकार गाउँमै पाएका छन या छैनन् ? र  दंगीशरणको समग्र भौतिक विकासको काम  कसरी अगाडी बढेका छन् लगायतका बारेमा हालै पालिकाका अध्यक्ष शम्भु गिरीसंग तेस्रो आँखा अनलाईनका सहसम्पादक अञ्जना चौधरीले छोटो कुराकानी गर्नु भएको थियो ।  सो कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ । 

    images

    १- सिंहदरवारको अधिकार गाउँघरमा आएकै हो कि केन्द्र र प्रदेशमा राजनीति गर्ने नेताहरुको गफ मात्रै हो ?

    वास्तवमा गाउँघरमा सिंहदरबार, जनताको अधिकार भन्ने जो भनाई छ, एक अर्थमा सिंहदरबार गाउँघरमै आएको मान्न सकिन्छ । किनभने पहिले गाउँका सर्वसाधारण जनताहरु कुनैपनि सानो कामहरु : जस्तोकी-स्वास्थ्य, शिक्षा र कृषि आदि हरेक प्रकारका कामकोलागि जिल्ला सदरमुकाम जानु पर्ने वाध्यता थियो । अहिले संघीयता लागू भएपछि सम्पूर्ण अधिकारहरु स्थानीयतहबाट जनताहरुले पाएका छन् । अर्को, प्रदेश र संघको कुरा छ, त्यसको पनि संघबाट प्रदेश हुँदै प्रदेशबाट स्थानीय सरकारमा, जनताका सम्पूर्ण अधिकारहरु सुनिश्चत भएको छ । यहाँसम्म की हरेक प्रकारका कामहरु स्थानीय तहमा गर्नुपर्छ भन्ने मानसिकताका साथ जनता अगाडी बढेको मैले महशुस गरेको छु ।

    २- स्थानीय तहले पाउँनुपर्ने सबै अधिकार पाएको छ की अझै पनि बाँकी छ झै लाग्छ ?

    स्थानीयतहले वन सम्बन्धि ऐन पाउँन बाँकी छ । एकतिर सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ भन्ने गरिन्छ, तर अर्कोतर्फ वन भन्ने कुरा छुट्टै हो, अझ भन्नु पर्दा यो नेपालको कानून नभएर छुट्टै कानून होकी भन्ने जस्तो वनको कानून रहेको छ । जस्ले गर्दा हाम्रा वरवर हाम्रै पालिकाको छेउछाउमा साल लगायत विभिन्न काठहरु सडेर र गलेर गईरकेको अवस्था छ भने ऐन कानून नबन्दा स्थानीयतहलाई हक अधिकार नदिँदै गर्दा ति सालहरु सडेर जाने र बाह्य मूलुकबाट सालहरु खरिद गरेर हामीले महंगो मूल्यमा किनेर प्रयोग गरिरहनु पर्ने अवस्था छ । अन्यको हकमा चाहि ठिकै छ ।

    ३- योजना तर्जुमा, सेवा प्रवाह, निर्णय प्रक्रिया, अनुगमन, कानुन निर्माण तथा परिचालनमा कतिको समस्याहरु महशुस गर्नुभएको छ ?

    यस्मा त के छ भन्दा हामी जुन स्थानीय जनप्रतिनिधिहरु छौ, स्थानीय नागरिकहरुले हामीलाई मताधिकार दिईसकेपछि हाम्रो सम्पुर्ण हक, अधिकार जनप्रतिनिधिहरुले सुनिश्चित गर्नुपर्छ भन्ने मानसिकताका साथ जनताहरु अगाडी बढेको अवस्था छ । र कुनैपनि विकास निर्माणका कार्यहरु गर्दै गर्दा उपभोक्ता समितिबाट कति कार्ययोजनाहरु सम्पन्न गर्दै गर्दा त्यहाँ नम्सअनुसारको काम हुनुपर्ने हुन्छ । प्राविधिकले दिएको स्टिमेट अनुसार अनि मेजरमेन्ट गरेर भुक्तानी गर्नुपर्ने हुन्छ । तर यदाकदा के पाईन्छ भन्दा उपभोक्ताहरुले त्यो कामहरु नम्सअनुसार नगरेको र भुक्तानी प्रकृयामा मेजरमेन्ट गर्दा रकम घट्न जाँदाखेरी यत्तिपनि गर्न नसक्ने १ तपाईहरुलाई भोट दिएको के काम भन्ने जस्ता कुराहरु यदाकदा सुन्ने गरिन्छ । यो अलिकती बुझाईको कमी हो । यस्लाई हामी बुझाउने कोशिस गरिरहेका छौ भने कहिकतै राजनीतिको सिद्धान्तबाट हामी आउँदै गर्दा फरक विचार भएकाले अलिकती राम्रो काम गर्दा पनि बाँधा अड्काउने काम गरिरहेको पनि पाइन्छ ।

    ४- पहिलो कार्यकाल सिकाइमै गयो भनिन्थ्यो, दोस्रो कार्यकाललाई कसरी व्याख्या गर्नुहुन्छ ?

    वास्तवमा हाम्रो दुई वर्षको कार्यकाल हुँदैछ । अहिलेसम्म दुईवटा वजेटहरु परिचालन गरिसकेका छौ । तर पनि हामी सिक्दैछौ जस्तो पनि छ । अब आउँने तीनवर्षमा हामीहरु अलि परिपक्व हुन्छौ जस्तो लाग्छ । यस्मा के छ भन्दा जनसेवक र राष्ट्रसेवक कर्मचारीको पनि अहम भूमिका हुँदो रैछ भन्ने कुरा मलाई लागेको छ । उहाँहरु र हाम्रो सम्बन्ध राम्रो भएन भने हामीले कुनै पनि फलदायी उपलब्धिहरु प्राप्त गर्न नसक्ने महशुस मैले गरेको छु ।

    ५- अझै पनि कतिपय नीति नियम तथा कार्यविधिको अभावले जनप्रतिनिधिले गर्नुपर्ने काम कारर्वाही र कार्यसम्पादन आदिमा अन्योलता कायमै छ की ?

    अन्यौलता छ । किनभने हामी भन्दा अगाडीका जनप्रतिनिधिहरुले विभिन्न किसिमका कार्यविधि, नियमहरु बनाउनु भएको छ, त्यसमा पनि केही हामीले थप गर्नुपर्ने छ, त्यसमा हामी अगाडी बढेका छौ । जस्तो दलित समुदायको हकहितको लागि कार्यविधि बनाउने तयारीमा छौ । महटवाहरुका लागि, वन सम्वन्धि, पालिका प्रहरी सम्वन्धि चारवटा कार्यविधि बनाउन गईरहेका छौ । बाँकी अवस्था अनुसार अगाडी बढ्ने छौ ।

    ६- जनप्रतिनिधिको चयन पश्चात स्थानिय स्तरका कार्यहरु दुर्त गतिमा हुन्छ भने जुन आशा र अपेक्षा जनतामा थियो, र जति हुनुपर्ने हो त्यति हुन नसकेको भन्ने जनताहरुको गुनासाहरु पनि छन्, यि जनगुनासाहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

    मानिस एउटा यस्तो प्राणी हो, उस्को ईच्छा आकाँक्षा कहिले पनि पुरा हुन सक्दैन । दुईपछि चार, चारपछि आठ यो बढ्दै जाने हो । यस्ले गर्दा जनताहरुको ईच्छा चाहना बढ्नु स्वभाविक कुरा हो । पुर्णरुपमा विकासका पूर्वाधारहरु प्राप्त गर्नुपर्छ भन्ने छ, त्यसमा पनि हामीले पुर्णरुपमा सम्पूर्ण विकासका पुर्वाधार प्राप्त गर्नुपर्छ भन्ने छ । तर हामीले पुर्वाधारलाई मात्रै प्राथमिकता दिएर हुँदैन । शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिको साथसाथै मानविय विकासमा पनि जोड दिनुपर्छ भन्ने मान्यताका साथ हामी सामाजिक विकासका कामहरु पनि धेरै गरेका छौ । यस्ले गर्दा अहिलेको अवस्था के हो त भन्दा यो वजेटमा सरकारद्वारा अनुदान प्राप्त गरिसकेपछि त्यही अनुसार वजेट विनियोजन गरेको हो । बजेट विनियोजन गर्दैगर्दा टेण्डरका कामहरु पनि पुरा भईसकेका छन्, कति काम भई रहेका छन् र उपभोक्ताहरुले गर्ने कामहरु पनि भईरहेका छन् । यो बीचमा आएर संघीय सरकारले ८ कारोड रुपैयाँ दंगीशरण गाउँपालिकामा नआउँने शुनिश्चतापत्र पठाएको छ । जस्ले गर्दा हामीलाई एकदमै अप्ठ्यारो परेको छ । किनभने जुन वजेट विनियोजन गरेको आधारमा हामीले यहाँ सबै गरेका छौं विचमा ८ करोड रुपैयाँ नआउँदा विकास निर्माणको कार्यलाई अलिकती बाँधा पुग्ने निश्चित भएको छ ।

    ७- स्थानीय स्तरको विकासरनिर्माण आदिमा वडासदस्यहरुलाई गराइने सहभागिताको बिषयमा पनि प्रायः प्रश्नहरु उठेका छन । तपाईको पालिकाको अवस्था कस्तो छ ?

    स्थानीय सरकार संचालन ऐन अनुसार हामी अगाडी बढेका छौ । जुन अधिकार जस्लाई पाउँनु पर्ने हो, उस्लाई दिएका छौ, वडाले पाउँनुपर्ने अधिकार वडालाई दिएका छौ, कार्यपालिका सदस्यले पाउँनु पर्ने अधिकार उहाँहरुलाई दिएका छौ, र सभासदहरुले पाउने अधिकार पनि उहाँहरुलाई दिएर अगाडी बढेको कुरा निश्चित छ र अहिलेको अवस्थामा अलिकति फरक पार्टीबाट आउनु भएका जनप्रतिनिधिहरुले तिक्तता व्यक्त गर्नु भएको छ । उहाँहरुले बैठकमा सहभागी नहुने किसिमका व्यवहारहरु देखाउनु भएको छ । यो राम्रो पक्ष होइन् ।

    ८- सार्वजनिक स्थलको संरक्षण गर्ने, पार्कनिर्माण, मठ मन्दिर, पाटी पौवा, चौतरा, पुस्तकालय र खेलकुद मैदान जस्ता सार्वजनिक स्थल निर्माणमा तपाईहरुले जोड नदिएको हो ?

    हामी पाटी, पौवा, मन्दिरहरु र बाटोघाटो लगायत हरेक क्षेत्रमा काम गरेका छौ र गरिरहने छौ । अहिले अर्को एउटा तपाईले प्रश्न गरेको भन्दा फरक सामाजिक काम पनि गरेका छौ । त्यो के त भन्दा अहिलेको अवस्थामा योग शिक्षा एकदमै आवश्यक छ, योगको बारेमा जनचेतना जगाउन जरुरी पनि छ । किन त भन्दा म पनि एउटा योग शिक्षक भएको कारणले गर्दा योगको माध्यमबाट व्यक्ति स्वस्थ बनाउनको लागि र समाज परिवर्तन गर्नको  लागि सुसंस्कृतयुक्त समाज निर्माण गर्नको लागि योग आवस्यक छ भन्ने उदेश्यका साथ हामी अगाडी बढेका छौ । यो भन्दा अगाडी हामीले पाँचवटा बहुउद्देश्यीय योग भवन बनाएका छौ र अहिले दुईवटा तयारी अवस्थामा छन् । जुन भवनमा विहान योग गर्ने र दिउँसोमा अन्य काममा प्रयोग गर्ने यहाँसम्म की, गाउँघरमा विवाहा, वर्तबन्ध भएमा त्यही गर्ने उदेश्यका साथ हलहरु बनाएका छौ ।

    ९- तपाईको पालिकाको केही वडाहरुमा अझै पनि सडक, बिजुलीबत्ति नपुगेको भन्ने छ, त्यहाँ सडक, विद्युत पुऱ्याउन तपाईले केही पहल गर्नु भएको छ ?

    विद्युतको हकमा हाम्रो पालिकाको प्रशासकिय भवनदेखि पैदल हिडेर जाँदा तीन मिनेटमा पुगिने पूर्वको साइडमा त्यहाँ नौ वर्ष अगाडी गाडिएका पोलहरु अलपत्र परेको अवस्था थियो । त्यहाँको जनताहरुले बारम्बार गाउँपालिकामा आएर झक्झक्याउँदा पनि काम हुन नसकेको अवस्था थियो । त्यो अवस्थामा हामी आईसकेपछि  गत वर्ष हामीले त्यहाँ विद्युत विस्तार सञ्चालन गरिसकेका छौ । त्यस्तै फुर्केसल्लीमा विद्युत भएपनि पोलहरु ढलेका, तारहरु उत्रतत्र छरिएको अवस्थामा रहेकाले हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र तुरुन्तै तारहरु उठाउने, तारहरु तान्ने ट्रान्समिटर राख्ने कामहरु गरेर त्यहाँ एकवर्ष अघि विजुली विस्तार गरेका छौ । र कुनै कुनै टोलमा विद्युत नपुगेकाले केही दिन अघि मात्र विद्युतको हाकिमलाई लिएर हामी स्वयले स्थलगत निरिक्षण गरेर कति तार लाग्ने कति पोल लाग्ने भन्ने स्टिमेट गरेर आएका छौ र तत्कालै त्यो ठाउँमा विजुली विस्तार गर्ने तयारीमा छौ ।

    १०- अन्त्यमा केही भन्न चाहानु हुन्छ कि ?

    समग्रमा दंगीशरण गाउँपालिकाको एउटा नारा छ, समृद्ध मिसन, समुन्नत दंगीशरण । यो नारालाई साकार पार्नको लागि हामीले पुर्वाधारहरुमा कामहरु मात्रै नभएर मानविय विकासको कामहरु गर्नुपर्छ । महिला, दलित, अल्पसंख्यक जनजातीलाई  सम्मान गर्नुपर्छ र उहाँहरुलाई आत्म निर्भर बनाउनको लागि सीप मुलक तालिम दिनुपर्छ । सीप मूलक तालिमहरु प्राप्त गरिसकेपछि पनि केही रकम आवश्यक पर्छ, उहाँहरुलाई उद्यमी बनाउनको लागि कम व्याजमा बिना धितो ऋण उपलब्ध गराउनको लागि हाम्रो पहल रहेको छ । त्यसका साथै अपांगता भएका व्यक्तिहरुलाई धेरै सम्मान गरेका छौ । अहिले हामीले अध्यक्षकप खेलकुदमा पनि नेपालमै पहिलो पटक अपांगता भएका व्यक्तिहरुका लागि बैशाखी दौड प्रतियोगिता राखेका थियौं । जस्ले गर्दा दंगीशरणको नाम सामाजिक संजालमा चर्चामा आयो । र अपांगता भएका व्यक्तिहरुले पनि हामीले केही उद्यम गर्छौ भनि ईच्छा जाहेर गरेकाले उहाँहरुलाई तालिम प्रदान गरेका थियौं, त्यो सीप सिकेर काम गर्नको लागि केही रकम चाहिन्छ भनेर उहाँहरुले आवाज उठाईसकेपछि तीनलाख रुपैयाँ घुम्ती कोष बनाएर राखेका छौ । छ महिना अथवा एक वर्षमा त्यो कोष घुमी रहने छ । यसरी दंगीशरणले सबैलाई सम्मान गरेर आत्म निर्भर बनाउने संमृद्ध मिसन गराउने, शुसासनयुक्त, भ्रष्टाचारमुक्त दंगीशरण बनाउने परम लक्ष्यका साथ हामी अगाडी बढेका छौ । 

    b5332e1a-0270-4e7d-8269-4af563cad792.jpg
    undefined


    अञ्जना चौधरी
    लेखकबाट थप