• ट्रेण्डिङ्ग :
देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक


  • 2.7K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

    भक्तपुर, २६ चैत/ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो । 

    images

    उहाँले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उहाँले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो ।

    स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताउनुभयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उहाँको भनाइ छ ।


    तेस्रो आँखा