• ट्रेण्डिङ्ग :
पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


  • 3.8K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.8K Views

    पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह् १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा१० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।

    images

    इन्डोनेसियाको राष्ट्रिय मौसम पुर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

    प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन । 

    ‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ । 


    तेस्रो आँखा