• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो


  • 2.7K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

    काठमाडौँ, २७ चैत । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । 

    images

    मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । 

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ । 

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।


    तेस्रो आँखा