• ट्रेण्डिङ्ग :
कक्षा १२ का विद्यार्थीहरुको विदाई 

कक्षा १२ का विद्यार्थीहरुको विदाई 


  • 4.7K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.2K Views

    कक्षा १२ का विद्यार्थीहरुको विदाई 

    तुलसीपुर २८ चैत/ तुलसीपुर स्थित ज्ञानज्योति कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । बुधबार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा ११ का विद्यार्थी प्रेम खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले उमेर संगै योवन, सुन्दरता र अभिमान जिवनको मार्ग दर्शन मानेर विद्यार्थीहरु अगाडी बढ्नु पर्ने बताए । यी तिन कुराहरु लिएर अगाडी बढेमा त्यो विद्यार्थी सफल हुने पनि उनले बताए । विद्यार्थीहरु अभिभावक, समाज स्कुल, र राष्ट्रको अपेक्षा भएको बताउँदै कक्षा १२ पूरा नरेको नभई आफ्नो जिम्मेवारि पूरा गरेको बताए । कक्षा १२ पास गरेपछि विद्यार्थीको मार्गदर्शन निर्धारण गर्ने भएकाले आफ्नो पढार्इको ज्ञानको स्तर विकास गर्नुपर्ने बताए । तुलसीपुर क्षेत्रको शिक्षा उकास्नमा ज्ञानज्योति कलेजको भूमिका अत्यन्त महत्वपुर्ण भएकाले विद्यार्थीहरुलाई शिक्षा मात्रै नभएर जीवन उपयोगी शिक्षा दिंदै समाजमा विक्ने प्राविधिक शिक्षा दिन शिक्षकहरुलाई आग्रह गरे ।

    कार्यक्रममा लोकप्रिय गायिका अस्मिता अधिकारीले तिम्रो मायाले बाधेर राख, मेरो सिरानी होस् तिम्रो काख, आकाशको तारा यो धर्ती सारा, काफल खान्या कुइया, तिम्रो घरको वरिपरि, काले केटाले, तिम्रो रुपै करौती, चित्त नदुखाउ लगायतका गितहरु गाएर विद्यार्थीहरुलाई नचाएकी थिइन् । उक्त अवसरमा शिक्षक जितेन्द्र बस्नेत, बसन्त रावत, बुद्धिराम पौडेललाई नगद १५ हजारसहित उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले नृत्य, गित प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए । 

     


    तेस्रो आँखा