• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी


  • 4.2K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.5K Views

    दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

    दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

    images

    राष्ट्रिय निर्वाचन आयोगका अनुसार स्थानीय समय अनुसार बिहान छ बजे देखि मतदान सुरु भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ छ वजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।

    राष्ट्रिय सभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।

    प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ । यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६.२ प्रतिशत मतदान भएको थियो ।


    तेस्रो आँखा