• ट्रेण्डिङ्ग :
पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित


  • 2.9K
    SHARES
    • चैत्र २९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

    काठमाडौं २९ चैत/ पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसद्को माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गरेका हुन् ।

    images

    देशका विदेशमन्त्री समेत रहेका दारले निर्वाचनमा अरू कसैले उमेदवारी दर्ता नगराएपछि गिलानी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । पाकिस्तान पिपुल्स पार्टीका सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म देशको प्रधानमन्त्री बनेका थिए ।
    सत्तारूढ पाकिस्तान मुस्लिम लिग–नवाजका सय्यदल खान नासिर पनि सदनको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

    अध्यक्षको शपथग्रहण गरेपछि गिलानीले सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताए । गिलानीले देशको प्रगतिका निम्ति संसदीय मापदण्डभित्र रहेर सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल


    तेस्रो आँखा