एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दै

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दै


  • 6.7K
    SHARES
    • माघ १५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दै

    काठमाडौं, १५ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ। 

    images

    भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 

    चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो। बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन्।

    पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ। यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशनरसम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो।

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # बैठक
  • # जनसंगठन समन्वय संयन्त्र

  • तेस्रो आँखा