• ट्रेण्डिङ्ग :
चार प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा मौसम सफा

चार प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा मौसम सफा


  • 2.4K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    चार प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा मौसम सफा

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि मुख्यतया बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।

    आज दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानका साथै बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती भने सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।


    तेस्रो आँखा