• ट्रेण्डिङ्ग :
तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु

तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु


  • 2.5K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु

    पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

    images

    तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । 

    सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताउनुभयो ।

    तान्जानियाले भविष्यमा बाढी रोक्न आवाश्यक बाँध निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

    केन्यामा पनि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

    बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रवावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।

    यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ ।


    तेस्रो आँखा