कांग्रेस महाधिवेशन : १३ जिल्लाका वडा अधिवेशन छठ लगत्तै 

कांग्रेस महाधिवेशन : १३ जिल्लाका वडा अधिवेशन छठ लगत्तै 


  • 6.8K
    SHARES
    • कार्तिक २१, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    कांग्रेस महाधिवेशन : १३ जिल्लाका वडा अधिवेशन छठ लगत्तै 

    काठमाडौँ, कात्तिक २१ ।  
    नेपाली कांग्रेसले सकृय सदस्यता बिबाद रहेका १३ जिल्लाको वडा अधिवेशन छठ पछि गर्ने तयारी गरेको छ । कृयासिल सदस्यता बिबादका कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा हुन नसकेको वडा अधिवेशन छठ लगत्तै गरिने कांग्रेसले जजनाएको छ ।  सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा काँग्रेसको वडा अधिवेशन हुन सकेको छैन । यसअघि कांग्रेसले कात्तिक २७ मा बाँकी रहेका वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसले हाल सम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । मंसिर २४ देखि २६ गते सम्म कांग्रेसको महाधिवेशन गर्ने कार्यतालिका छ । 

    images


    तेस्रो आँखा