भ्रष्टाचार अभियोगमा मुद्दा दायर

भ्रष्टाचार अभियोगमा मुद्दा दायर


  • 2.6K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    भ्रष्टाचार अभियोगमा मुद्दा दायर
    काठमाडौँ, ४ वैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
     
    उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ ।
     
    आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 


    तेस्रो आँखा